बहुभाषिक रंगमा संसद्: ६३ बढी सांसदले मातृभाषामा लिए शपथ

img1

काठमाडौँ, चैत्र १२ । आज सङ्घीय संसद्को प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन्।

कुल २७५ सांसदमध्ये ६३ भन्दा बढीले मातृभाषामा शपथ लिएका छन्। अछामी, अवधी, डोटेली, थारू, तामाङ, नेपाल भाषा, मैथिली, भोजपुरी, लिम्बू लगायत विभिन्न भाषामा शपथ ग्रहण गरिएको संसद् सचिवालयले जनाएको छ।

सुरुमा ६२ जनाले मातृभाषामा शपथ लिने जानकारी गराए पनि संख्या थपिँदै गएको बताइएको छ।