उधोग वाणिज्य संघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्नुपर्नेमा जोड

img1

रामभरोसी महतो
लहान, असोज १४ गते ।
सिरहामा सुरक्षित व्यवसायिक वातावरण नरहेको सिरहाको लहानमा आयोजित एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् । 
जिल्ला उधोग बाणिज्य संघ, सिरहा लहानले शुक्रवार लहानस्थित आफनै सभा हलमा  विजयादशमी, दिपावली एवम् छठ पर्वको शुभ अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम सहभागी व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । 
कार्यक्रममा शुुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायीहरुले लहानमा प्रहरीद्धारा नै राती नौ बजेदेखि नै पसल बन्द गर्न दवाव दिदा चाडपर्वको समयमा समेत राम्रो व्यवसाय हुन नसकेको बताएका छन् । लहानमा सुरक्षा व्यवस्था कडा गरी व्यवासाय गर्ने सुरक्षित वातावरण निर्माण गर्न व्यवासयीहरुले प्रहरी प्रशासनलाई आग्रह समेत गर्नुभयो ।  
संघको जिल्ला अध्यक्ष विकास कुमार शारदाको अध्यक्षतामा भएको सो शुभकामना आदान प्रादन कार्यक्रमा लहान नगरपालिकाको प्रमुख महेश चौधरी, उपप्रमुख रामचलितर महतो, प्रमुख जिल्ला अधिकार लालबाबु कवारी, इलाका प्रहरी कार्यालय लहानका प्रमुख कुमार मैनाली, व्यवसायी विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।