सरकार विरुद्ध गोलबजारमा युवा संघको विशाल प्रदर्शन

img1

रामभरोसी महतो
गोलबजार, १५ माघ ।
सिरहाको गोलबजारमा राष्ट्रिय युवा संघ सिरहाले शनिवार सरकार विरुद्ध विशाल प्रदर्शन गरेका छन् । 
उनीहरुले हिंसा भडकाउने अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई वरखास्त गर, स्थानीय निर्वाचनको मिति घोषण गर, पेट्रोलियम पदार्थको मुल्य खारेज गर, किसानलाई मलखाद सहज रुपमा उपलब्ध गर, भ्रष्टाचार बन्द हुनुपर्ने, लिपुलेक, लिम्पियाधुरा र कालापानीको भुभाग फिर्ता हुनुपर्ने माग सहितको प्लेकार्ड सहित विशाल र्याली प्रदर्शन गरेको थियो । 
युवा संघको नेतृत्वमा पाँच सय भन्दा बढिको संख्यामा रहेको युवाहरु सरकार विरुद्ध सो नारा लगादै निकालेको विरोध र्याली गोलबजार परिक्रममा गरी कोणसभामा परिणत भएको थियो । 
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेश सह इन्चार्ज बैधनाथ साहले परमादेश सरकारबाट आएको गठबन्धन सरकारले हाम्रो माँग पुरा नगरे दशैभरी आन्दोलनको आँधिवेहरी ल्याउने चेतावनी दिनुभयो । यस्तै संघका मधेस प्रदेशको सचिव इन्द्रेस राउतले कोणसभालाई सम्बोधन गर्दै संविधानले तोकेकै मितिमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई खवरदारी गर्नुभयो । यस्तै कोणसभालाई समापन गर्दै युवा संघ सिरहाका संयोजक जयप्रकाश शर्माले युवा संघको माँग सरकारले पुरा नगरे देश नै ठप्प हुने गरी आन्दोलन गर्ने चेतावनी दिनुभयो ।  
कोणसभा सम्पन्न भए लगतै उनीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र मन्त्री रेणु यादवको पुत्ला समेत जलाएको थियो । विरोध र्याली प्रदर्शन गर्नु अगाडि युवा संघले रक्तदान कार्यक्रम समेत गरेका थियो । रक्तदान कार्यक्रममा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । कोभिड संकटको बेला रेडक्रसमा रगतको अभाव रहेकोले युवा संघले गरेको रक्तदान कार्यक्रमले विरामीलाई रक्तको आवश्यकतालाई पुरा गर्न सहयोग पुगेको रेडक्रसले जनाएको छ ।