बाल अधिकार सम्बन्धी अभिमुखिकरण सम्पन्न
सिरहा, भदौ २१ गते ।
सिरहा नगरपालिका वडा नं. १२ स्थित श्री सारश्वरनाथ माध्यमिक विद्यालयमा बाल अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम भदौ २० गते सम्पन्न भएको छ ।
सिरहा नगरपालिका वडा नं. १२ वडा कार्यालय र राष्ट्रिय युवा संजाल प्रदेश नं. २ को समन्वयमा मुक्ति नेपालले आयोजना गरेको सो अभिमुखिकरणमा सारश्वरनाथ माध्यमिक विद्यालयको कक्षा ७ देखि १२ सम्मका छात्र छात्राहरुको सहभागिता रहेको मुक्ति नेपालका कार्यक्रम अधिकृत विशेश्वर दासले जानकारी दिनुभयो ।
वडा अध्यक्ष शत्रुधन साहको अध्यक्षतामा भएको सो अभिमुखिकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सनउला राइन लगायत वडा स्तरीय सरोकारवालाको उपस्थिती रहेको थियो ।
मो नयिम राइनले सहजीकरण गर्नुभएको सो अभिमुखिकरण पश्चात विद्यालयमा बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि बालबालिकालाई क्रियाशिल बनाउने उदेश्यले बाल क्लव समेत गठन भएको कार्यक्रम अधिकृत दासले जानकारी दिनुभयो ।
