आज २ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

img1

लहान, ८ श्रावण : आज देशभर २ हजार ९७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ हजार ६ सय७८ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  १३ हजार ६९८ जनाको पीसीआर गर्दा १९८२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।  
यस्तै बितेको २४ घण्टामा थप १८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेकोसंख्या ९ हजार ६७९ पुगेको छ ।