सिरहामा करेन्ट लागेर युवकको मृत्यु
लहान, २१ चैत्र ।
सिरहाको अर्नमा गाउँपालिकामा करेन्ट लागेर विहिवार राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका वडा नम्वर ४ निवासी पुनेलाल महतोको छोरा मिथलेश कुमार सिहं छन् ।
कलबाट पानि तान्न घरनजिकै मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको परिवारजनले जनाएको छ । उनी काठमाण्डौंको पुतलीसडकस्थित कान्तिपुर सिटि इन्जिनियरिंग कलेजमा सिभिल इन्जिनियरिंगमा अध्ययनरत थिए । केही दिन अघिमात्र कोरोना भाइरसको लकडाउनमा उनी लक्ष्मिपुरस्थित आफना घर आँएका थिए ।
