सामुदायिक सुरक्षा सवालमा कार्ययोजना निर्माण कार्यशाला सम्पन्न, लहान नगरलाई सुरक्षीत बनाउन योजनाबद्ध तरिकाले कार्य गर्ने मेयर साहको प्रतिवद्धता
लहान, ३ माघ ।
सामुदाय प्रहरी साझेदारी पालिका समिति लहानका संयोजक समेत रहनुभएका लहान नगरप्रमुख मुनि साहले लहान नगरलाई सुरक्षित बनाउन योजनाबद्ध तरिकाले कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
लहान नगरपालिकाको सभा हलमा आज भएको सामुदायिक सुरक्षा सवालमा कार्ययोजना निर्माण कार्यशालामा लहान नगर प्रमुख साहले यस्तो बताउनु भयो । वहाँले सामुदायमा असुरक्षाका सबै किसिमको घटनाहरु भइरहेकोले समुदायको सुरक्षाका लागि सबै पक्षबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख साहले लहान नगरबासीलाई सुरक्षाको अनुभूति प्रदान गर्न सबै सरोकारवलाको भूमिका महत्वपूर्ण भएकोले सबै पक्षलाई आ आफनो ठाउँबाट सशक्त भूमिका निर्वाह गनु आग्रह गर्नुभयो ।
सामुदाय प्रहरी साझेदारी पालिका समिति लहान तथा इलाका प्रहरी कार्यालय लहानले आयोजना गरेको सो कार्याशालामा इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापाले लहान नगरको वर्तमान सुरक्षा अवस्थाको बारे प्रस्तुत गर्नुभएको थियो ।
सामुदाय प्रहरी साझेदारी पालिका समिति लहानका संयोजक नगरप्रमुख साहको अध्यक्षतामा भएको सो कार्याशालामा लहान नगरका २४ वटै सामुदाय प्रहरी साझेदारी वडा समितिका संयोजक वडा अध्यक्ष सहित दुई÷दुई जना सदस्यहरु, स्थानीय संघसंस्था, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समितिका सदस्य सचिव इलका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक महेन्द्र प्रसाद काफ्ले स्वागत सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
समितिका सदस्य समेत रहेका समग्र जन उत्थान केन्द्र÷रेडियो समग्रका कार्यक्रम व्यवस्थापक रामभरोसी महताले सहजीकरण गरेको सो कार्याशालमा सहभागीहरुलाई ६ वटा समुहमा विभाजन गरी नगरको सुरक्षा सवाल र समाधानको उपाय सहितको कार्ययोजना प्रस्तुत गरेको थियो । उक्त समुह छलफलमा समुहगत रुपमा कार्ययोजना निर्माणमा समितिका सदस्यहरु दुर्गाप्रसाद महतो, सुनिलकुमार साह, देवराज पोखरेल, विनोद विसुन्के, रेणु कर्ण र दुर्गा परियारले सहजीकरण गर्नुभएको थियो ।
समुह छलफलबाट आएको कार्ययोजनालाई समितिको बैठकबाट लहान नगरको वृहत्त सामुदायिक सुरक्षा कार्ययोजना बनाई सो योजना कार्यान्वयनले लहान नगरबासीलाई सुरक्षाको प्रत्याभुत हुने डिएसपी राजेश थापाले बताउनु भयो ।
